आइतवार, अशोज २७, २०८१

प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत


कान्तिपथ


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्। 

सोमबार उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गरेका थिए।

उनले राखेको प्रस्तावको पक्षमा १७२  मत खसेको छ भने उनलाई विश्वासको मत दिनु हुन्न भन्ने पक्षमा  ८९  मत परेको छ। 

आजको मतदानमा २६२ सांसद सहभागी थिए। तीमध्ये १  जना तटस्थ भएका थिए। 

यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए। त्यतिबेला उनले  २६८ जना सांसदको विश्वासको मत पाएका थिए। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत