शनिबार, अशोज १९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • जनसचेतनको करोडौं जग्गा प्लटिङ्गलाई झिकियो : फुत्किने डरले ड्राईभर बर्खास्त ! (अडियो)

जनसचेतनको करोडौं जग्गा प्लटिङ्गलाई झिकियो : फुत्किने डरले ड्राईभर बर्खास्त ! (अडियो)


कान्तिपथ


पछिल्लो समय सहकारीलगायत वित्तीय क्षेत्रमा चरम संकट र बेथिति देखिन थालेको छ । वित्तीय क्षेत्रको अराजकता नियन्त्रण गर्न सरकारले समयमै ध्यान दिन सकेन भने मुलुक थप अराजकतातर्फ उन्मुख हुने निश्चित रहेको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । पछिल्लो समय सहकारी, फाईनान्स, लघुवित्त लगायतका विरुद्धमा चर्को आन्दोलन उठेको छ।

यस्तै उदाहरण दोलखाको एक अग्रणी सहकारीमा देखिएको छ । आफुले दोलखाको अब्बल र ठुलो सहकारी बताउदै आएको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना एक कर्मचारीको वर्खास्तीलाई लिएर देखाएको छ । प्राय: एमालेका नेताहरुको पन्जाबाट बाहिर नगएको सहकारीले एक निरिह श्रमजीवी कामदारलाई बिनाकारण जागिरबाट निकालेको छ ।

कान्तिपथलाई प्राप्त पत्र अनुसार २०७९ चैत्र ५ गते सोहि दिनबाट लागु हुने गरि बैतेश्वर गाउँपालिका वडा नं ५ का रामकाजी मिजारलाई जागिरबाट वर्खास्त गरिएको छ । उनी २०७५ जेठ १६ गतेदेखि सो सहकारीमा सवारी चालकको काम गर्दै आएका थिए । उनलाई थमाईएको पत्र अनुसार संचालक समितिको ३० औँ बैठकको निर्णय अनुसार जागिरबाट हटाईएको भनिएको छ ।

यता मिजारले संचालन गर्ने सामाजिक संजाल फेसबुकमा भने बर्खास्तीको रहस्य खोलिएको छ । उनले भनेका छन्, ‘ न गल्ती छ के कारणले कारबाही गरेको हो थाहा छैन सबै कारण भैदियो हाकिमको स्वार्थ यिनले नीति र नियम आफुले मानेनन आफुभन्दा जुनियर स्टाफलाई जहिलै दबाबमा राख्ने ।

यिनको पहिलो रोग नाताबाद र कृपावाद हो अफिसको काम भन्दै सहरमा जाने जग्गा हेर्ने, ईन्डिया घुम्न जाने मलाई राता रात कुदाउने अनि रिस मलाइ नै गर्ने जब हाकिमले यो आर्थिक वर्षदेखि सहनै नसक्ने गरि मानसिक तनाब दिन थाले अनि मैले सबै कर्मचारीलाई नियम बराबर हो कि के हो सर भनेर सोधी अब यसले नियमका कुरा गर्न थालो मेरा सबै कुरा भन्छ भनेर अचानक संचालक समितिमा रामकाजीलाई कारबाही गर्नुस नत्र म राजिनामा दिन्छु भनेर संचालकलाई दबाब दिएर मलाई जागिरबाट निकालियो ।’

उनले सहकारीका उच्च तहका कर्मचारीसँग घुम्न कन्याम गएको फोटो पनि सामाजिक संजालमा साझा गरेका छन् । मिजारले पछिल्लो पटक झनै संवेदनशील फेसबुक पोस्ट साझा गरेका छन् । मिजारले आफुलाई सहकारीले आत्मादाह गर्ने तहमा पुर्याएको लेखेका छन् । उनी भन्छन, ‘आफ्नो गल्ती ढाकछोप गर्न अड्डा अदालत धाउदै छन रे कहाँ लगेर हाल्ने हो हाले हुन्छ तर बुजिराख सामाजिक अभियान्ता भनाउदाहरु यो समाजमा सोजा सिदालाइ बाच्नी अधिकार र न्याय दिदैनौ भने र मरेतुल्ले बनाउने हो भने यो देशमा कानुन तिमिहरु कै रहेछ लेखेर राख, तिमिहरु कै अगाडी जनसचेत सहकारी मा मेरो आत्मादाह हुने छ ।’ यस विषयमा बुझ्न सहकारीको टेलिफोन नं ०४९-४११००४ मा पटक पटक सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेन ।

सहकारीले अपमान पूर्ण ढंगबाट निकालेको रामकाजीसँग समेत सहकारीका हाकिमहरुले ५ लाख पैसा मागेर जग्गा प्लटिङ्गमा हाल्न लागेका थिए । उनीसँग भएको फोन संवादका अनुसार नालामा जग्गा प्लटिङ्गका लागि सहकारीको करोडौं रकम झिकिएको थियो । रामकाजीले भने जग्गा र ५ लाख दुवै पाएका छैनन् । भारत घुम्न जाँदा समेत उनलाई फकाउनका लागि सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले ठुलो प्रयत्न गरेका थिए ।

बाँकी अडियो सुनौ :



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत