बुधबार, फाल्गुन ९, २०८०

जम्मकटेलाई विश्वासको मत दिने कांग्रेसको निर्णय


कान्तिपथ


बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकटेलाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, कांग्रेस सांसदहरू बुधबार प्रदेशसभामा उपस्थित नहुने देखिएपछि विश्वासको मत लिने मिति सर्ने भएको छ । १० गते विश्वासको मत लिने तय भएको नेपाली कांग्रेस बागमती प्रदेशका मुख्य सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।

मंगलबार हेटौैँडा हिँडेका कांग्रेसका सांसद कुलेखानीबाटै काठमाडौं फर्किएका थिए। कांग्रेसले १० गते विश्वासको मत दिने बताए पनि मुख्यमन्त्री जम्मकटेलले भने अहिलेसम्म विश्वासको मत लिने मिति सारी सकेका छैनन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत