नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिक र तिनका परिवारहरुलाई ठूलो राहत पुग्ने बताएका छन्।
बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। वरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक रोजगारमा रहेकाहरुले नेपालमा वार्षिक लगभग १ खर्ब रेमिटेन्स पठाउने गरेको जानकारी दिए। उनले विदेशमा श्रमिकहरुले रगत पसिना बगाएर कमाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र चलायमान भएकाले सरकारले यस्ता योजना ल्याउनु स्वागतयोग्य रहेको बताए।
उनले रेमिटेन्स आउँदा मात्र खुशी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताहरुको लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको बताए। उनले सरकारले श्रमिकहरुको सुरक्षाको लागि पहिलो शुरुवात भएको टिप्णी गरे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ