आइतवार, भदौ २३, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • जनसचेतनले भन्यो : अनुशासनहीनताले संस्थालाई हानि हुने देखिएपछि ड्राईभरको बर्खास्ती !

जनसचेतनले भन्यो : अनुशासनहीनताले संस्थालाई हानि हुने देखिएपछि ड्राईभरको बर्खास्ती !


कान्तिपथ


दोलखाको बैतेश्वरमा संचालित जनसचेतन साकोसले संस्थाभित्र चेन अफ कमाण्ड कायम गर्न र बर्खास्तीमा परेका सवारी चालक रामकाजी मिजारमा अनुशासनहीनता भइरहेको र संस्था अधोगति तर्फ जाने देखिएपछि उक्त कदम चालिएको भन्दै कान्तिपथमा प्रकाशित समाचारको खण्डन गरेको छ।

संस्थाका सचिव कमल दाहालले हस्ताक्षर गरेको खण्डनमा भनिएको छ, ‘वित्तीय क्षेत्रमा अनुशासित र पारदर्शी ढंगले काम गर्दै शेयर सदस्यहरुको मन जित्दै आएको जनसचेतन बचत तथा ऋण सहकारी संस्था जनजनको मनमा स्थापित सहकारी संस्था हो । लामो सहकारी यात्राको कालखण्डमा अनेक आरोह अवरोह पार गर्दै वित्तीय क्षेत्रमा सतीसालको रुपमा कार्यरत यो संस्थाले राष्ट्रिय, अन्तराष्ट्रिय पहिचान कायम गरेको छ। सामाजिक पक्ष विपक्ष र राजनीतिक आग्रह पूर्वाग्रह भन्दा टाढा रहेर शेयर सदस्यहरुको हितका लागि गतिविधि गर्नु नै जनसचेतनको पहिचान हो ।’

संस्थाका नीति नियम पालना गर्ने गराउने र संस्थाभित्र सुशासन कायम गर्ने सिलसिलामा एउटा जीवन्त संस्थाभित्र अनेकौँ प्रिय अप्रिय निर्णयहरु गर्नुपर्ने अवस्था सिर्जना भएकाले उक्त कदम चालिएको संस्थाको ठहर छ।

सम्बन्धित समाचार : जनसचेतनको करोडौं जग्गा प्लटिङ्गलाई झिकियो : फुत्किने डरले ड्राईभर बर्खास्त ! (अडियो)

सहकारीको खण्डनमा जग्गा प्लटिङ्गमा ऋण लगानी गरेको भनी समाचारमा लेखिएको व्यहोरा झूटो भएको बताईएको छ ।

साथै उक्त सहकारीले आफ्नो धेरै सम्पर्क नम्बर हुँदा हुँदै एउटामा मात्र सम्पर्क गरेको भन्दै आपत्ति प्रकट गर्दै भनेको छ, ‘जनसचेतन साकोसको आधिकारिक सम्पर्क नं. ०४९-४११००४ र ४११००५ रहेको र संस्थाको आधिकारिक सूचना अधिकारी लगायत सम्पूर्ण कार्यरत कर्मचारीको सम्पर्क नम्बर संस्थाको आधिकारिक वेभसाइट https://www.janasachetan.org.np मा रहेको छ तर सम्पर्क भने संस्थाको ०४९ – ४११००४ मा मात्र गरेको भनी समाचारमा उल्लेख गरेको कुरा उपयुक्त छैन ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत