पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड को-अपरेटिभ लिमिटेडका अध्यक्ष, सञ्चालक र कर्जा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा एकैपल्ट उजुरी परेको छ ।
सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यको नामै किटान गरेर अख्तियार र सम्पत्ति शुद्धीकरणमा एकैपल्ट उजुरी परेको हो ।
उनीहरुले सिन्सियरमा स्थापना कालदेखि एकलौटी कब्जा जमाएर करोडौँ ठगि गरेको र अकुत कमाएको भन्दै निवेदकले सम्पत्ति छानविनका लागि दुबै निकायसमक्ष माग गरेको बताइएको छ । अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले दिएको जानकारी अनुसार राजेन्द्रभक्त र राजेश संस्थाको स्थापना कालदेखि नै सिन्सियरलाई पेवा बनाइरहेको भए पनि कर्जा अधिकृत कर्माचार्य जोडिएको १५ वर्ष मै काठमाडौंमा घर जग्गा जोडेको जिकिर निवेदकले गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ