शनिबार, अशोज १९, २०८१

मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय


कान्तिपथ


भारतका विपक्षी नेता राहुल गान्धीलाई आपराधिक मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरत जिल्ला अदालतले यस्तो फैसाला गरेको हो ।

तर उनी जेल भने जाने छैनन् किनभने जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न पनि आदेश दिइएको छ ।

सन् २०१९ मा नै उनलाई आपराधिक मानहानी मुद्दामा दोषी ठहर गरिएको थियो । त्यसबेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेका थिए ।

उनले कसरी सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गरेका थिए । अदालतको फैसलालाई उल्ट्याउन ३० दिनभित्र उनले उच्च अदालतमा अपिल गर्न सक्छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत