महानगरीय प्रहरी वृत जनसेवाले स्रोत नखुलेको अवैध सुन सहित १ भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोलकाता, भारतका ३१ वर्षीय आसलम सेख रहेका छन् । हाल उनी काठमाडौँ महानगरपालिका वडा नं १८ बस्ने गरेका छन् । महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी भेषराज रिजालको नेतृत्वमा गएको टोलिले उनलाई पक्राउ गरेको हो ।
रिजालका अनुसार उनको साथबाट सुनको ढिका १ थान (११७.१७ गाम्र) र लेडिज औठी १ थान (५.२७ गाम्र) बरामद भएको छ । उक्त सुन हाल भन्सार कार्यालय बुझाईएको छ ।
डिएसपी रिजाल नेतृत्वको टोलिले हुण्डीको अवैध रकम सहित तनहुँको भानु नगरपालिका वडा नं ६ का ४७ वर्षीय संजय खनाललाई पनि पक्राउ गरेको छ । खनालको साथबाट हुण्डी मार्फत आएको १२ लाख रकम र खाली चेक बरामद भएको छ । खनालको विषयमा थप अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको छ । उनलाई काठमाडौँ महानगरपालिका वडा नं २४ इन्द्रचोकबाट पक्राउ गरिएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ