काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्नुहुने सो कार्यालयले जनाएको छ ।
२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । प्रारम्भिक विवरणभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताउनुभयो ।
२०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो । लिङ्ग र उमेरअनुसारका विवरण, जन्म, मृत्यु, बसाइँसराइ, अपाङ्गता भएका व्यक्तिको विवरण, लैङ्गिक र अल्पसङ्ख्यक, कुल रोजगार र बेरोजगारको विवरण, नेपालमा भएका कुल घर र घरको प्रयोजनका बारेमा पूर्ण विवरणमा समावेश गरिनेछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ