काठमाडौँ । राष्ट्रियसभाकाको दिगो विकास तथा सुशासन समितिमा संसद्बाट पारित दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक सांस्कृतिक आर्थिक र राजनीतिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी विषयमा राष्ट्रियसभाबाट स्वीकृत सङ्कल्प प्रस्तावको कार्यान्वयनका लागि अनुगमन गर्ने सम्बन्धमा छलफल भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरु बामदेव गौतम, भुवनबहादुर सुनुवार, कृष्ण पौडेल, नारायण दाहाल, नन्दा चपाइलगायतले जातीय भेदभाव गर्नेलाई कारबाही गर्न कडा कानून बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसद बामदेव गौतमले विभिन्न जातिका नामा भएका आरक्षण सुविधा हटाएर छुवाछुत र भेदभाव गर्नेलाई आजीवन कारावासको सजाय हुने गरी कानून बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बैठकले जातीय भेदभाव गर्नेमाथि कारबाही गर्ने कानून बनाउने सम्बन्धमा छलफल गर्न र सङ्कल्प प्रस्ताव कार्यान्वयनको अनुगमन गर्न भुवन बहादुर सुनुवारको संयोजकत्वमा तीन सदस्य रहेको उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ