मङ्लबार, भदौ २५, २०८१

किराँतीलाई सभ्यता भन्नेहरु कोशीको पानी खाएर हुर्केका हुन् : ओली


कान्तिपथ


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. १ को नाम कोशी हुँदा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

‘धन्न मुख्यमन्त्रीजीले प्रदेश नं. १ को नाम कार्की प्रदेश राख्नुभएन । कोशी राख्नुभयो, धन्यवाद छ । कोशीले सबैलाई समेट्छ,’ उनले भनेका छन् ।

उनले कोशी खारेज भइ पहिचानको आधारमा नामाकरण गरिनुपर्ने मागसहित आन्दोलनरत शक्तिहरूलाई ‘भ्रम पालक’को संज्ञा दिए । ‘कोशी राखिनु गल्ती भयो भनेर कराइरहेका, कोशीले सबैलाई समेट्दैन भनेर भ्रम पालिरहेकाहरूलाई म भन्न चाहन्छु— त्यस्तो भ्रम नपाल्नुस् । जात र सभ्यताभन्दा कोशी ठूलो हो, जेठो हो ।’

उनले किरात प्रदेश हुनुपर्ने मागप्रति लक्षित गर्दै कुनै पनि जातका आधारमा नामाकरण हुन नहुने बताए । ‘एउटा जातका नाममा, एउटा सभ्यताका नाममा प्रदेशको नाम राखिनुहुन्न,’ ओलीले भने, ‘त्यसैगरी राख्न थालियो भने त त्यहाँ कतिवटा सभ्यता, जातहरू होलान् ।’

उनले सभ्यताभन्दा कोशी ठूलो भएको जिकिर गरे । ‘सभ्यता त कोशीको पानी पिएर हुर्केकाहरूले बनाएका हुन् । अनि सभ्यता ठूलो कि कोशी ? मान्छेको जीवन नै कोशीबाट सुरू भएको छ । कोशीको पानी पिएर, कोशीको पानीले सिञ्चित गरेको जमीनमा उत्पादन भएका खानेकुराहरू खाएर हुर्किएकाहरूले बनाएका हुन् सभ्यता । त्यसैले हामीले असन्तुष्ट पोख्नुहुन्न कोशी नामप्रति,’ उनले भने ।

उनले किरातीहरूलाई ‘धर्तीपुत्र’ भनिएकोप्रति पनि कटाक्ष गरे । ‘हामी कोही पनि छैनौँ आकाशपुत्र, हामी सबै धर्तीपुत्र नै हौँ,’ उनले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत