सोमवार, अशोज २८, २०८१

राहुल गान्धीको सांसद पद खोसियो


कान्तिपथ


भारतका विपक्षी नेता कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको सांसद पद रद्द गरिएको छ । अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट शुक्रबार भारतीय संसद सचिवालयले उनको पद रद्द गरेको हो । उनी भारतको केरला राज्यको वायनाडबाट लोकसभा सदस्य निर्वाचित भएका थिए ।

भारतीय जनप्रतिनिधि कानुनअनुसार दुई वर्षको सजाय भए उसको पद रद्द हुन्छ । गान्धीलाई सुरतको अदालतले दुई वर्षको जेल सजाय सुनाएकाले उनको पद गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी यस कानुनअनुसार अब ६ वर्ष चुनाव पनि लड्न पाउँदैनन् ।

यद्यपि संसद सचिवलायलेको यो निर्णय र अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् । २०१९ को चुनावको समयमा गान्धीले ‘सबै चोरको सरनेम मोदी किन हुन्छ’ भन्दै भाषण गरेका थिए । सोही विषयमा अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत