मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • दुई देशबीच रहेका सीमा विन्दूहरु बन्द गर्ने अमेरिका र क्यानडाको निर्णय

दुई देशबीच रहेका सीमा विन्दूहरु बन्द गर्ने अमेरिका र क्यानडाको निर्णय


कान्तिपथ


काठमाडौं।अमेरिका र क्यानडाले सहमति गरेर दुई देशबीच रहेका अनौपचारिक सीमा विन्दूहरु बन्द गर्ने निर्णय गरेका छन् । अनौपचारिक सीमा पार गरेर शरण खोज्न आउनेहरुको प्रवाहलाई रोक्न दुई देश बीच शनिबार मध्यरातबाट लागू हुने गरी नयाँ सम्झौता गरिएको हो ।

अनौपचारिक सीमा नाका मार्फत् अमेरिका प्रवेश गर्न खोज्नेलाई औपचारिक नाकाबाट प्रक्रिया पुर्‍याएर मात्रै अमेरिका प्रवेश गर्न दिइनेछ । ठूलो संख्यामा आप्रवासीहरूले अमेरिका-क्यानडा सीमाको रोक्सहम सडक हुँदै अनधिकृत रुपमा सीमा पार गर्दै आएका थिए ।

अनौपचारिक सीमाहरु बन्द गरेसँगै आप्रवासीहरुले कहाँ शरण माग्ने भन्ने प्रश्न भने खडा भएको छ । पछिल्लो सम्झौतालाई अमेरिकाको न्युयोर्क राज्य र क्यानडाको क्युबेक राज्यबाट रोक्सहम सडक हुँदै भइरहेको आप्रवासीको आगमनलाई सीमित गर्ने एक हिस्साका रुपमा समेत हेरिएको छ ।

गत वर्ष मात्रै रोक्सहम सडक हुँदै ४० हजार आप्रवासी क्यानडा प्रवेश गरेको तथ्यांक छ । क्यानडाले दक्षिण र मध्य अमेरिकी मुलुकबाट उत्पिडन र हिंसामा परेका १५ हजार आप्रवासीका लागि कार्यक्रम नै बनाएको छ । तर आप्रवासीको संख्या अत्यधिक हुँदै आएपछि अमेरिका र क्यानडा दुबैले यसलाई नियन्त्रण गर्न सीमा बन्द गर्ने निर्णय गरेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत