शनिबार, साउन ३, २०८२

मुडुखु नाकाबाट ओखरपौवासम्म फोहोर बोक्ने गाडीलाई आजबाट टाइम कार्ड 


कान्तिपथ


कठमाडौं । सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट (शनिबार) टाइम कार्ड लागू गरिएको छ । 

दुर्घटनाको जोखिम हुने गरी तीव्र गतिमा सवारी साधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आए पश्चात् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोर बोक्ने गाडीका लागि आजबाट टाइम कार्ड लागू गरिएको हो । 

मुड्खु नाकामा चालकलाई टाइम कार्ड दिइने छ र पालना भए नभएको जाँच तिनपिप्ले र ओखरपौवा चेकपोष्टमा हुने छ । 

मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीनपिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको  सडकखण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको छ । मुड्खुदेखी तीनपिप्लेसम्मको ५ किलोमिटर सडकखण्ड पार गर्न न्यूनतम १० मिनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमिटर सडकखण्डमा न्यूनतम २५ मिनेट समय निर्धारण गरिएको छ । 

तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ । टाइम कार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ ।  

सहज र सुरक्षित यात्राको लागि टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गर्नु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत