राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ नभनी ‘आवागमन’ शब्द प्रयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा गोरखा पुगेका राष्ट्रपति पौडेलले ‘सवारी’ शब्द सामान्तवादको प्रतीकको रुपमा रहेको भन्दै भ्रमणमा ‘आवागमन’ शब्दको प्रयोग गर्न आग्रह गरे ।
काठमाडौंबाट सेना हेलिकोप्टरमा गोरखा पुगेका राष्ट्रपति पौडेलले गोरखामा करिब दुई घन्टा बिताए ।उनले ठूलो आँगन र गोरखा दरबारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए भने गोखरनाथ र गोरखकाली मन्दिरमा पूजाआजा गरेका थिए । त्यसैगरी संग्रहालयको अवलोकन पनि गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ