प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा स्वकीय सचिव गंगा दाहालले फेसबुकमा भ्रामक पोस्ट गरेको पाइएपछि रमेश मल्लले सच्चाएका छन् । उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा फ्लडलाइट जडान भएको भन्दै एडिटेड फोटो राखेकी हुन् ।
टीयू ग्राउन्डमा चारवटा फ्लडलाइट जडिएको फोटो राख्दै गंगाले लेखेकी छिन्, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न ।’
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि त्रिवि मैदानमा पुगेर नेपाल र यूएईबीचको खेल हेरेपछि फ्लडलाइट राख्न निर्देशन दिएका थिए । तर, उक्त निर्देशन कार्यान्वयनमा कुनै काम अघि बढेको छैन ।
यसैबीच कमेन्टमा केही व्यक्तिले यो फोटो एडिटेड हुनसक्ने बताएपछि गंगाले आफ्नो पोस्ट डिलिट गरेकी छन् । गंगाको आलोचना हुन थालेपछि त्यसलाई सच्याउँदै रमेश मल्लले लेखेका छन्, ‘सम्माननीय प्रधानमंत्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न गर्नका लागी राष्ट्रिय खेलकुद परिषदले प्रक्रिया अघि बढाएको छ। द्रुत गतिमा काम सम्पन्न भएपश्चात् रंगशाला यो आकारमा देखिनेछ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ