राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् । प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग छलफल गरी आजै सरकारलाई पूर्णता दिने तयारी गरिरहेका बेला रवि प्रधानमन्त्रीसँग भेट्न लागेका हुन् ।
बालुवाटारमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका रविले आजै आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको बताए । सरकारमा इमान भएका मान्छेको आवश्यकता पर्ने उल्लेख गर्दै उनले सरकारमा सहभागिताका सवालमा कुरा गर्ने संकेत गरे ।
आज ४ बजे गठबन्धन बैठक बस्दै छ । सहमति जुटे आजै सरकार विस्तारको तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ