दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नं. २ स्थित श्री नविन माविको प्रधानध्यापक सिताराम निरौलाले विद्यालयको रकम हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उक्त उजुरी सोहि विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापा मगरले गरेका हुन् ।
प्रशासनमा बुझाईएको उनको निवेदनमा भनिएको छ, ‘नविन माविको खाताबाट मनोमानी आफूखशी आफ्नो र अरु शिक्षकहरुको नाममा चेक दिई विद्यालय रकम दुरपयोग गरेको र विद्यार्थीबाट ५ % भर्ना शुल्क र मासिक शुल्क उठाई विद्यार्थीको खाजा कार्यक्रममा समेत नक्कली विद्यार्थीको नाम दिई आर्थिक अवचलन गरेको बैंक स्टेटमेन्टमा देखिएको हुँदा प्रधानध्यापक श्री सिताराम निरौलालाई निलम्बन गरी कानुनी कारवाही गरी पाउँ भनि विनम्र अनुरोध गर्दछौं ।’
व्यवस्थापन समितिका अध्यक्षका अनुसार हेडमास्टरले विद्यार्थीको दिवा खाजामा समेत घोटाला गर्ने गरेका थिए । जिल्ला प्रशासन कार्यालय दोलखाले भने शिक्षा विकास तथा समन्वय एकाईलाई सो विषयको छानबिन गर्न पत्र पठाएको छ । कान्तिपथसँग बोल्दै व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा मगरले भने, ‘कुनै निर्णय बिना ८/१० लाख रकम पटक पटक चेक काटिएको देखिएको छ । यो विषयमा हामी अख्तियार जाने तयारीमा छौ ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ