माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले सांसद प्रकाश ज्वालालाई मन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय गरेको छ।
बुधबार बसेको समाजवादीको सचिवालयको आकष्मिक बैठकले ज्वालाालई मन्त्रीका रुपमा सिफारिस गर्ने निर्णय लिएको हो। समाजवादीका उपमहासचिव समेत रहेका ज्वालाले बुधबार साँझसम्म मन्त्रीका रुपमा शपथ लिने छन्।
समाजवादीका सम्मानित नेता झलनाथ खनालले अन्य मन्त्रीबारे निर्णय नभइसेकको बताए। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिने बताइएको छ।
समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधानसहित तीन मन्त्रालय मागेको थियो। तर प्रचण्डले समाजवादीलाई २ फुल मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ