शुक्रबार, बैशाख ७, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • काँग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो

काँग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो


कान्तिपथ


काठमाडौँ । नेपाली काँग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज पार्टी मुख्यालय सानेपामा बसेको बैठकले तनहुँ क्षेत्र नम्बर १ मा पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई र चितवन क्षेत्र नम्बर २ मा चितवनका पूर्व पार्टी सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।  

तनहुँ क्षेत्र नं १ मा विजयी हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपति भएकाले र चितवन क्षेत्र नं २ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो । 

यस्तै प्रवक्ता डा. महतले बारा क्षेत्र नम्बर २ का सन्दर्भमा भने चैत १९ गते बस्ने केन्द्रिय कार्यसम्पादन समिति र केन्द्रिय संसदीय समितिको बैठकले निर्णय गर्ने बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत