शनिबार, अशोज ५, २०८१

आजबाट एसईई परिक्षा सुरु


कान्तिपथ


यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजे परीक्षा सुरु भएको हो।

आज पहिलो दिन परीक्षार्थी अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा दिँदै छन्।

एसईईका लागि देशभर २ हजार ३६ र जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको कार्यालयले जानकारी दिएको छ।

चैत २९ गतेसम्म सञ्चालन हुने एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। विद्यार्थीहरू परीक्षाकेन्द्रमा पुगेर परीक्षा सुरु गरिसकेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत