नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्ने ऊर्जामन्त्री बन्ने भएका छन्। शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बस्नेतलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी छ। उपाध्यक्ष समेत रहेका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने भएपछि बस्नेतलाई ऊर्जा मन्त्रालय दिन लागिएको हो।
माओवादी निकट स्रोतका अनुसार संघीय मामिला तथा प्रशासन मन्त्रालय सम्हालिरहेका मोदीलाई भने महिला तथा बालबालिका मन्त्रालय दिने तयारी छ। संघीय मामिला मन्त्रालय भने कांग्रेसको भागमा परेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ