प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा प्रधानमन्त्री बिहान साढे ९ बजे पुगेका हुन्।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेलसँग छलफल गर्न शीतलनिवास पुगेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी छ। शपथअघि राष्ट्रपति पौडेलसँग छलफल गर्न प्रचण्ड शीतलनिवास पुगेका हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ