बिहिबार, फाल्गुन १०, २०८०

मन्त्रिपरिषद पुनर्गठन र विस्तार (सूचीसहित)


कान्तिपथ


गत १० पुसमा प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार तेस्रो पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन । प्रधानमन्त्रीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेपनि पूर्णता पाएको छैन । प्रचण्ड नेतृत्वको सरकारमा २ जना उपप्रधानमन्त्री बनेका छन् । 

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन र विस्तार गरेका यो सातौं पटक हो । अहिले पनि प्रधानमन्त्री प्रचण्डले ५ वटा मन्त्रालय भने आफैसँग राखेका छन् । जसमा कानुन न्याय तथा संसदीय,परराष्ट्र, युवा तथा खेलकुद,वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् ।

सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएपछि शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गरेका हुन् । यसअघि उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारी पाएका माओवादी नेता नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । नारायणकाजी श्रेष्ठ भने भौतिकबाट गृहमा  पुगेका छन् । त्यसैगरी कांग्रेस नेता पूर्ण बहादुर खड्काले पनि उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसले ४, नेकपा (एकीकृत समाजवादी) २, जसपा १, लोसपा १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाएका छन् ।

पुर्नगठित मन्त्रिपरिषदमा कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार,कांग्रेसका डा. प्रकाशसरण महत अर्थ, नेसपाका महिन्द्र राययादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला, भौतिक योजना, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीका चार मन्त्री पुरानै मन्त्रालयको जिम्मेवारीमा रहेका छन् । यद्यपि जनमतका अब्दुल खानले खानेपानी मन्त्रीमा चित्त नबुझाएर राजीनामा दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत