शुक्रबार, भदौ २८, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता, उम्मेदवार टुङ्ग्याउँदै दलहरु

बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता, उम्मेदवार टुङ्ग्याउँदै दलहरु


कान्तिपथ


काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताको अघिल्लो दिन आज राजनीतिक दलहरु उम्मेदवार छनोट र चुनावकेन्द्रित रणनीति बनाउन जुट्दै छन् ।

उपनिर्वाचनको लागि केही दलहरुले उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छन् भने केहीले आज सार्वजनिक गर्दैछन् । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आजको बैठकले बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले तनुहँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले बारा–२ मा उठाउने उम्मेदवार आज तय गर्दैछ । एमालले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय गरिसकेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत