नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ १ र चितवन २ मा दुई महामन्त्रीलाई खटाएको छ ।
तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाएका एक नेताले जानकारी दिए । उनीहरु सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनेछन् र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नेछन् ।
कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा-२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन थापा निकट मानिने स्वर्णिम वाग्ले प्रतिष्पर्धा गर्दै छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ