आइतवार, भदौ २३, २०८१

घुस रकमसहित अख्तियारद्धारा दुई कर्मचारी पक्राउ


कान्तिपथ


बारा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले जिल्ला मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह सहित दुई जनालाई पक्राउ गरेको छ ।

खरिदार साहसहित र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका प्रवक्ता भोला दाहालले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

जग्गा रजिष्ट्रेसन पास गर्न सेवाग्राहीसँग रु. १५,०००।– घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उनिहरुलाई घुस रकमसहित मालपोत कार्यालय परिसर नजिकै रहेको पसलबाट आईतबार दिउँसो नियन्त्रणमा लिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत