शुक्रबार, अशोज ४, २०८१

राष्ट्रिय सभाबाट दुई वटा विधेयक पारित 


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले छुट्टाछुट्टै दुई वटा विधेयक पारित गरेको छ ।

बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ र विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ पारित गरेको हो ।

उक्त विधेयकहरू सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुषालले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएका थियो ।

राष्ट्रिय सभामा उत्पत्ति भएका उक्त दुवै विधेयकहरू अब प्रतिनिधि सभामा जानेछन् । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री डा.भुषालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८÷२०७९ र लोकसेवा आयोगको त्रीसठ्ठीऔं वार्षिक प्रतिवेदन २०७८/२०७९ पेश गर्नुभयो । 

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको ब्यहोरा सभामा जनाकारी गराउनु भयो । 

राष्ट्रिय सभाको अर्को बैठक यही चैत २७ गते सोमवार दिउसो १ बजे बस्ने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत