बुधबार, भदौ २६, २०८१

इस्मा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने


कान्तिपथ


गुल्मी- गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाले ५५ वर्ष माथिक एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुप मासिक १ हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।

पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम एक पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । हालसम्म पालिकाभित्र रहेका ७० जना एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउने तथ्याङक रहेको छ ।

राज्यले एकल महिलाई पुनरुत्थान गर्न सामाजिक सुरक्षा भत्ता दिने गरेपनि एकल पुरुषलाई बिभेद गरेकाले गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिन थालिएको उपाध्यक्ष कुँवलरे बताउनुभयो ।

एकल महिला पुरुषको बिभेदलाई न्यूनिकरण गर्नुपर्छ भनेर पालिकाभित्रका एकल पुरुषलाई भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ । एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नविक प्रकृतिको कार्य भएको कुँवरले दावी गुर्नभयो । पुरुषले वडाबाट एकल पुरुषको सिफारिसको आधारमा भत्ता पाउने छन् ।

पालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ । पालिकाभित्रका एकल पुरुषले अरु सरह सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेलामा उनिहरुलाई पनि वितरण हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत