सोमवार, मंसिर २४, २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड


कान्तिपथ


काठमाडौँ- सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यसअघि यही चैत ५ गते उक्त सुनको मूल्य उच्च रहँदै प्रतितोला रु एक लाख १० हजार पुगेको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार चार सय ५० छ । उक्त सुन अघिल्लो दिन रू एक लाख आठ हजार पाँचसयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४० ले बढेर रु एक हजार चार सय ४० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तराष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत