नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गर्नुभएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ७ मा ३७ र वडा नम्बर ८ मा ८१ बिगाहा विश्वविद्यालयलाई आवश्यक पर्ने जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको छ । सो क्रममा मुख्यमन्त्री गिरीसँग खजुरा क्षेत्रका स्थानीयले आफूहरूको उचित व्यवस्थापन हुने गरी काम गर्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री गिरीले प्रदेशको गौरव योजनाका रूपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान पुग्ने भएको भन्दै सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
त्यस क्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले विश्वविद्यालय निर्माणको काम सुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने विश्वास दिलाउनुभएको थियो ।
निरीक्षणका क्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद सूर्य ढकाल, लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, नेपाली काँग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिजालीलगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ