आइतवार, अशोज २७, २०८१

संसद बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची


कान्तिपथ


प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।

आजको बैठकका सम्भावित ३ वटा कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिनेछ।

बिहीबारको बैठकमा सभामुखले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन (२०७८ साउन– २०७९ असार) पेस गर्ने कार्यसूची पनि छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत