शुक्रबार, भदौ २८, २०८१

रविले अमेरिकी राहदानी त्याग गरेको निस्सा सर्वोच्चले माग्यो [आदेशसहित]


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा सर्वोच्च अदालतले मगाएको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा बुधबारको भएको सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी भएको थियो।

उक्त आदेशमा रविले अमेरिका राहदानी त्यागेको निस्सा (प्रमाण) पेस गर्न भनिएको छ। आदेशमा भनिएको छ, ‘रवि लामिछानेले राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौं जहाँ भए पनि झिकाई पेश गर्नू।’

यसैगरी विपक्षीको नाममा १५ दिनभित्र जवाफ पेस गर्न पनि आदेशमा उल्लेख गरिएको छ। ‘निवेदकको माग बमोजिम अन्तरिम आदेश किन जारी गरिरहनु नपर्ने हो सो को कारणसहित १५ दिनभित्र जवाफ पेस गर्नू’, आदेशमा उल्लेख गरिएको छ।

यसअघि रविको नागरिकता सम्बन्धी विवादमा संवैधानिक इजलासबाट गत माघ १३ गते भएको आदेशको मिसिल समेत पेस गर्न भनिएको छ।

लामिछानेले एकैपटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत