सोमवार, जेष्ठ १५, २०८०

‘वार २’ मा टाइगर श्राफका ठाउँमा तेलुगु सुपरस्टार जुनियरलाई लिइयो


कान्तिपथ


यशराज फिल्मस्को स्पाई युनिभर्सले निर्माण गर्न लागेको फिल्म ‘वार २’ (वार १ को सिक्वेल) मा तेलुगु सुपरस्टार जुनियर एनटीआरले अभिनय गर्ने भएका छन् । अघिल्लो संस्करणमा ऋतिक रोशन र टाइगर श्राफको अभिनय थियो । यसपटक एनटीआरले टाइगरलाई विस्थापित गर्दै फिल्ममा प्रवेश गर्न लागेका हुन् ।

फिल्म ‘वार’मा निर्देशक सिद्धार्थ आनन्दको निर्देशन थियो । अब ‘वार २’ मा भने आयन मुखर्जीले निर्देशनको कमाण्ड सम्हाल्नेछन् । एक्सनपूर्ण फिल्ममा दर्शकले एनटीआर र ऋतिकको घम्साघम्सी हेर्न पाउनेछन् ।

‘यो एपिक एक्सन एडभेन्चर फिल्ममा एनटीआरको प्रवेशले फिल्म युनिट र दर्शक उत्साहित छन् । एकै देशको दक्षिण र उत्तरका दुई ठूला फिल्म उद्योगका स्टारको अभिनयले फिल्मको हाइट थप उचो बनेको छ’, फिल्म निकटले भनेका छन् ।

फिल्ममा एनटीआर भिलेनको चरित्रमा हुनेछन् । फिल्म ‘पठान’ पछि ‘वार २’ स्पाइ युनिभर्सको अर्को महत्वकांक्षी प्रोजेक्ट हुनेछ । ‘वार’ सन् २०१९ मा रिलिज भएको थियो ।

स्पाइ युनिभर्सले सलमान खानको ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’, सन् २०१९ मा ऋतिक रोशन र टाइगर श्राफको ‘वार’, सन् २०२२ मा शाहरुख खानको ’पठान’ जस्ता फिल्म निर्माण गरिसकेको छ । युनिभर्सका आउन लागेका फिल्ममा सलमान खानको ‘टाइगर ३’ र ऋतिक रोशनको ‘वार २’ हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत