मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच आज (शुक्रबार) पार्टी एकता घोषणा भएको छ। शुक्रबार मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गरेर यी दुई दलले पार्टी एकताबारे जानकारी दिएका हुन्।
काठमाडौंको इच्छुक प्रतिस्ठान घट्टेकुलोमा पत्रकार सम्मेलनमार्फत यी दुई दलबीच एकता घोषणा गरिएको हो। बास्तोला नेतृत्वको नेकपा बहुमत केही समयअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट अलग भएको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ