शुक्रबार, भदौ २८, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • टिकापुरमा तस्कर, गुण्डा नाईके हायल-कायल : धमाधम समात्न थालेपछि अनेक फण्डा !

टिकापुरमा तस्कर, गुण्डा नाईके हायल-कायल : धमाधम समात्न थालेपछि अनेक फण्डा !


कान्तिपथ


इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डीएसपी उद्धवसिंह भाटले कमाण्ड सम्हालेपछि टीकापुर क्षेत्रमा हुने गुण्डागर्दी, लागुऔषध कारोवार र लागुऔषधको दुर्व्यसन नियन्त्रणमा व्यापक रुपमा कमि आएको छ । भाटले कमाण्ड सम्हालेपछि लागु औषधमा हालसम्म १६ मुद्धा दर्ता भएका छन् भने २० जना प्रतिवादी पक्राउ परेका छन्, उनीहरुको साथबाट खैरो हेरोईन ४७ ग्राम ४३० मिलीग्राम बरामद भएको छ। विभिन्न ३९ शिर्षकका मुद्धामा हालसम्म ५२ जना पक्राउ परिसकेका इप्रका टिकापुर कैलालीले जनाएको छ । टिकापुर आएपछि भाटको नेतृत्वमा भएको सबैभन्दा ठुलो अपरेसन भने ग्लोबल ओरियन्स नेपाल प्रा.लि. विरुद्धको हो । उक्त कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौँ रुपियाँ उठाएको पाइएको थियो ।

भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका पक्राउ परिसकेका छन् । २०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौँ रुपियाँ उठाएको पाइएको छ ।

२०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामको कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौँ रुपियाँ उठाएको पाइएको छ ।

इजाजतमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने भनिए पनि व्यवहारमा भने नेटवर्किङ शैलीमा एक व्यक्तिले अरू धेरै व्यक्तिलाई त्यसमा जोडेर पैसा असुली कमाऊ धन्दा चलाइ रहेका छन् । प्रा.लि.ले पहिलो श्रेणीका व्यक्तिबाट १५ हजार, दोस्रो श्रेणीका व्यक्तिबाट ४० हजार र तेस्रो श्रेणीका व्यक्तिबाट प्रतिव्यक्ति एक लाख बिस हजारका दरले पैसा उठाएको भेटिएको छ ।

ग्लोबल ओरियन्समा पैसा बुझाइ सकेपछि फोन, फेसबुकबाट मानिस बोलाएर आफूले धेरै तलब पाएको भनिदिनु पर्ने र ग्लोबलसँग भेट गराई दिए बापत मासिक तलब पाइने लोभमा युवाहरू फसेका छन् । भाटले जबर्जस्तीकरणी मुद्दामा फरार रहेका टीकापुर नगरपालिका वडा नं ५ बसन्ता सशस्त्र प्रहरी बल नेपालका प्रहरी जवान कमल बहादुर थारुलाई समेत पक्राउ गरेका छन् । यसैगरि खोटा मुद्रा चलाउने तपेन्द्र बहादुर शाहीलाई पनि उनले नै पक्राउ गरेका छन् ।

यसैगरि भाटको नेतृत्वमा चलेको स्वीप अप्रेशनमा विभिन्न मितिमा टीकापुर नगरपालिकाको बिभिन्न स्थानहरुबाट अबैध घरेलु मदिरा दुई सय पचास लिटर र अबैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ तिन सय लिटर फेला पारी बरामद गरि स्थानिय जनप्रतिनिधी, उद्योग बाणिज्य संघ टीकापुर, होटल व्यावसायी संघ कैलालीका प्रतिनिधी, बुद्धिजीवी, समाजसेवी र पत्रकार समेतको रोहवरमा नष्ट गरिएको छ ।

गुण्डागर्दी र लागु औषधको कारोवारलाई भाटले निमिट्यान्न पार्ने खोजे पछि स्वार्थ समूहहरुको होसहवास नै उडेको छ । फ़ण्डाबाजहरु उनको विरुद्धमा हात धोएर लागेका छन् । भाटले धमाधम अपरेसन चाल्न थालेपछि रोजीरोटी गुमेका गुण्डागर्दी र लागु औषधको कारोवारीहरु गोयबल्स शैलीमा उत्रिए पनि भाटको पक्षमा टिकापुरका जनता उभिएका छन् ।

भाट निकट स्रोतका अनुसार केहि कपोकल्पित फ़ण्डा र प्रायोजित प्रचारका विरुद्ध उनी प्रेस काउन्सिल जाने तयारीमा छन् । समाजको सर्वाङ्गिन विकास र सामाजिक न्याय तथा परिवर्तनको सन्दर्भमा संचार माध्यम र संचारकर्मीको अहम भूमिका रहने भनिएपनि बेढंगे प्रयोगवादी धारका आधुनिक अतिरंजनापूर्ण कथा लेखिएको उनले बताए । केहि अनलाईनमा आफ्नो व्यक्तिगत तथा व्यवसायिक जीवनमा समेत नकारात्मक प्रभाव पार्ने, आम जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्ने र चरित्रहत्या गर्ने उद्देश्यले समाचार लेखनको सिद्धान्त विपरित कपोकल्पित झुठा विवरण समावेश गरि सुनियोजित रुपमा प्रकाशन गरिएकोमा उनले दुख ब्यक्त गरे।

तथ्य र आधारहिन विषयको उक्त समाचार सम्बन्धमा प्रकाशन गृहले समेत उल्लेखित विषयवस्तुको सत्य, तथ्य र वास्तविकता साथै स्रोतको परिक्षण समेत नगरी एकतर्फी रुपमा प्रकाशन गरेको हुँदा उनले आफ्नो आत्मसम्मान, इज्जत, प्रतिष्ठा साथै व्यवसायिक तथा सामाजिक जीवनमा समेत आँच पुर्याएको बताए । उनले समाचार कपाेलकल्पित र भ्रामक त छदैछ, किन्तु याे सुरक्षा ब्यवस्था र जनताकाे मनाेवैज्ञानिक भराेषामाथि नै प्रहार गर्ने काेणबाट आएकाेले घातक र आम रूपमै सम्बेदनशील पनि भएको उनले बताए । झट्ट हेर्दा आश्चर्य बनाउने कथानक बुनिएकाे भए पनि समाचारकाे प्रारम्भमै गरिएकाे आम प्रहरी फाेर्स नै खराब हुन्छ भन्ने भाष्यबाट `समाचार सिर्जना´ काे बदनियतलाई बुझ्न कुनै कठिनाई नपर्ने उनले बताए । तर उनले कुन अनलाईनले के समाचार लेखेका हुन् भन्ने खुलाउन चाहेनन् ।

टीकापुर क्षेत्र अति सम्वेदनशील भएको बताउँदै उनले यस क्षेत्रको गुण्डागर्दी र लागु औषधको कारोवार चुनौतिपूर्ण देखिएकोले यसको नियन्त्रण र न्युनीकरण आफ्नो उच्च प्राथमिकतामा रहेकाले सबैको सहयोगको खाँचो समेत औंल्याएका छन् ।

भूपेन्द्र बडुवाल हत्या काण्डलाई आफुले सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको बताउँदै डीएसपी भाटले यसक्षेत्रको अपराधिक गतिविधि नियन्त्रणका लागि सबैले सह्दय सहयोग गर्न समेत अनुरोध गरेका छन् । गत माघ २५ गतेदेखि उनले इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हालेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत