सोमवार, अशोज २८, २०८१

कांग्रेसबाट दुई लामा मन्त्री बन्दै


कान्तिपथ


बागमती प्रदेशमा आज आइतबार साँझ दुई जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेसबाट दुई जनालाई नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेसबाट पहिलो चरणमा संसदीय दलका नेता बहादुरसिंह लामा र सांसद तीर्थ लामा मन्त्री बन्ने भएका छन् ।

आजै प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण हुने भएको छ । दुई मन्त्रीहरूको शपथका लागि तयारी भइरहेको प्रदेश प्रमुख कार्यालय स्रोतले जानकारी दिएको छ । हालसम्म मन्त्रीका लागि दुई जनाको मात्रै नाम आएको स्रोतले जानकारी दियो ।

सरकारमा कांग्रेसको नेतृत्व गर्दै बहादुरसिंहले आर्थिक मामिला तथा योजना मन्त्रालय लिने बताइएको छ । तीर्थ लामाले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी भइरहेको जनाइएको छ । सरकारमा भागवण्डाका विषयमा लामो समयको रस्साकस्सीबीच कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

मन्त्रालय भागवण्डामा कांग्रेसले ५, माओवादीले ४ र एकीकृत समाजवादीले २ मन्त्रालय लिने लगभग टुंगिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत