शुक्रबार, अशोज १८, २०८१
  • गृहपृष्‍ठ
  • शिक्षा
  • बैतेश्वरका सरकारी जागिरेले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने

बैतेश्वरका सरकारी जागिरेले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने


कान्तिपथ


दोलखाको बैतेश्वर गाउँपालिकामा सरकारी स्रोतबाट तलब बुझ्ने कर्मचारीले आफ्ना सन्ततिलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने भएको छ ।

गाउँकार्यपालिकाको हिजो बसेको बैठकले सरकारी स्रोतबाट तलब बुझ्ने जनप्रतिनिधि लगायतका कर्मचारीले शैक्षिक सत्र २०८० देखि आफ्ना सन्तानलाई सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष छवि लामाले कान्तिपथलाई बताए ।

पालिकाको यो निर्णयसँगै वैतेश्वरमा सरकारी तलब खानेले आफ्ना छोराछोरीलाई निजि विद्यालयमा पढाउन नपाउने भएका छन् । गाउँकार्यपालिकाको बैठकपछि प्रमुख प्रशासकिय अधिकृत ऋषिराम ज्ञवालीले हस्ताक्षर गरी जारी गरेको सुचनामा पालिकाभित्र काम गर्ने निजामति कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता, सामुदायिक सिकाई केन्द्रका परिचालकहरु लगायत राज्यकोषबाट तलब बुझ्ने अन्य कर्मचारीले चालु शैक्षिक सत्रदेखि अनिवार्य रुपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालय भर्ना गर्नुपर्ने उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत