मङ्लबार, फाल्गुन १५, २०८०

कोटेश्वर प्रहरीले समात्यो ८ वटा बाईक चोर्ने ४ जना


कान्तिपथ


प्रहरी प्रभाग कोटेश्वरले चोरी तथा डाँका सम्बन्धी कसूरमा ४ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक विनोद सुवेदीको कमाण्डमा खटिएको प्रहरी अनुसन्धान टोलीले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.३२ का विभिन्न स्थानबाट मोटरसाईकलहरु चोरी गरी विक्री वितरण समेतको कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेका राज तामाङ, दोलखाका सुजन बुढाथोकी, रौतहटका अजय कुमार र पर्साका जलि आलम मियाँ रहेका छन् । उनीहरुको साथबाट निम्न समानहरु बरामद भएको छ : ईन्जिन नं DKYCKD68497, च्यासिस नं MD2A13EY9KCD85168 रहेको प्रदेश ३-०२ – ०११ प ८०९० नं लेखेको २२० सि.सि.को रातो कालो रङ्गको पल्सर मोटरसाईकल एक थान, ईन्जिन नं.ZS177MM8K500428, च्यासिस नं LSSLFNC27K0000080 रहेको प्रदेश ३-०२ -००९ प ५२०० नं लेखेको रातो कालो क्रस फायर मोटरसाईकल एक थान, ईन्जिन नं 300CM265MN, च्यासिस नं Z13NP10015MBC71129 रहेको बागमती प्रदेश ०२-०२५ प ५२६ नं को रातो कालो बेनाली मोटरसाईकल एक थान, ईन्जिन नं.DKXCLJ10477, च्यासिस नं.MD2A13EX6LCJ89095रहेको प्रदेश ३- ०२- ०१५ प ४९४९ नं. लेखेको २२२० सि.सि.को कालो रङ्गको पल्सर मोटरसाईकल एक थान, ईन्जिन नं.DKXCLJ09181, ईन्जिन नं.DKXCLJ09181, च्यासिस नं.MD2A13EX4LCJ88513रहेको बागमती प्रदेश – ०२- ०२२ प ३९२९ नं. लेखेको २२० सि.सि.को कालो रङ्गको पल्सर मोटरसाईकल एक थान, ईन्जिन नं. DKZCGA98799, च्यासिस नं. MD2A13EZDWCA29501 रहेको बा ७५ प १७८० नं लेखेको २२० सि.सि. को रातो कालो रंगको पल्सर मोटरसाईकल एक थान, ईन्जिन नं JLXCLF22032, च्यासिस नं MD2A36FX4LCF92649 रहेको नम्बर प्लेट नभएको २०० सि.सि. को कालो रंगको NS पल्सर मोटरसाईकल एक थान, ईन्जिन नं.DKYCLL67813, च्यासिस नं. MD2A13EY1LCL81596 रहेको बागमती प्रदेश ०३-००२ प ३२४७ लेखेको २२० सि.सि.को रातो कालो रङ्गको पल्सर मोटरसाईकल एक थान रहेका छन् ।

पक्राउ परेका ४ जना व्यक्तिहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२० को चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरी निरीक्षक विनोद सुवेदीले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत