शुक्रबार, भदौ २८, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • बनेपामा डुबान समस्या समाधनका लागि खोला फराकिलो र गहिरो बनाउने काम शुरु

बनेपामा डुबान समस्या समाधनका लागि खोला फराकिलो र गहिरो बनाउने काम शुरु


कान्तिपथ


काभ्रे– केही समय बर्षा हुने वित्तिकै बनेपाको पुलबजार लगायतका क्षेत्र डुबान हुने समस्या समाधनको लागि पुण्यमाता खोलामा फराकिलो र गहिरो बनाउने काम शुरु भएको छ ।

बर्षाको कारण पुलबजार चादनीचोक, तरकारी बजार लगायत अरनिको राजमार्गमा पर्ने विभिन्न भाग र पुण्यमाता कोरिडोरका विभिन्न भूभाग डुबानमा पर्ने गरेको छ ।

खोला अतिक्रमण गरी बनेका घर, बढ्दो शहरीकरण, बर्षौ सफा नगरिएका कारण अवरुद्ध ढल निकास, खोलामा फालिने फोहोर र आसपासका क्षेत्रमा गरिएका प्लटिङका कारण बगाएको माटोले खोलाको सतह बढ्दा डुबानको समस्या देखिएको हो ।

बर्षामा डुबानका कारण नगरका जनताले समस्या भोग्नु परेको भन्दै बनेपा नगरपालिकाले डुबान समस्या समाधान गर्ने गरी अघि बढेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तीरत्न शाक्यल जानकारी दिनुभयो ।

पानी पर्ने वित्तिकै बनेपाको पुलबजार, गोदामचोक नजिकको पुल आसपासको क्षेत्र र पुण्यमाता फा“टमा डुबानमा पर्ने गरेको छ । नगरपालिकाले खोला किनारको १५ मिटर आसपास कुनै संरचना नबनाउन निर्देशन भएपनि यसको पालना भएको छैन । खोला छेउमा व्यवसाय गर्नेले अतिक्रमण गर्दा खोला सा“घुरिदै गएको छ ।

खोला किनाराका प्लटिङ, नीजी घर, उद्योग, कलकारखाना समेतले खोलाको सिमाना मिचेका छन् । खोला अतिक्रमण गरेर बनेका संरचनाका कारण बनेपामा बर्षेनी डुबानको समस्या हुने गरेको छ ।

खोला आसपासको १५ मिटर वरपर नगरपालिकाले नक्सापास नै नगरेपनि बर्षेनी पुण्यमाता र चण्डेश्वरी खोलाको आकार घटिरहेको छ । पहिले न्युनतम ६ देखि ११ मिटर फराकिलो रहेको खोला अहिले २ मिटरमा खुम्चिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत