मङ्लबार, फाल्गुन ८, २०८०

ओलीभन्दा धेरै जेल बसेका नरेश खरेलले छाडे एमाले


कान्तिपथ


झापा विद्रोहका योद्धा नरेश खरेलले नेकपा एमाले परित्याग गरेका छन् । उनीसहित झापाका एक दर्जन नेता-कार्यकर्ताले आज पत्रकार सम्मेलन गरी एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त रहेको घोषणा गरेका हुन् । उनी १७ वर्ष जेल परेका थिए । उनी २०३० देखि २०४६ को अन्तिमसम्म जेल परेका हुन्।

पार्टी परित्यागको घोषणा गर्दै उनीहरुले एमाले नेतृत्वले इमान्दार नेता-कार्यकर्तालाई पाखा लगाउने,दक्षिणपन्थी यथास्थितिवादी शक्तिसँग साँठगाँठ गर्ने जस्ता गतिविधि नरोकेपछि बाध्य भएर विद्रोह गर्नुपरेको बताएका छन् ।

पार्टी परित्याग गर्नेहरुमा खरेलसँगै हिराप्रसाद पोखरेल,रविना राना मगर,कल्पना पोखरेल, गेहराम भट्टराई,अरुण पोखरेल,महानन्द साह, भीमप्रसाद लुइंटेल, साजात आलम,आवालो दिन मिया,पदम थापा र चन्द्रा श्रेष्ठ रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत