शुक्रबार, भदौ २८, २०८१

सेनाको हवाइ आक्रमणमा परि म्यानमारमा ५३ जनाको मृत्यु


कान्तिपथ


काठमाडौँ । म्यानमारको सेनाले गरेको हवाइ आक्रमणमा कम्तीमा ५३ जनाको ज्यान गएको छ । म्यानमारमा लोकतन्त्र स्थापनाका लागि भइरहेको जनआन्दोलन दवाउन सैनिक शासकले गरेको यो पछिल्लो सबैभन्दा अमानवीय आक्रमण हो ।

आक्रमणमा कयौं घाइते भएका छन् । मृत्यु हुनेमा १५ जना महिला र केही केटाकेटीसमेत रहेका छन् । उत्तर-पश्चिम सागाइन क्षेत्रमा सैनिक शासन विरुद्द चलिरहेको आन्दोलन दबाउन यो आक्रमण भएको बीबीसीले जनाएको छ ।

This photo provided by the Kyunhla Activists Group shows aftermath of an airstrike in Pazigyi village in Sagaing Region’s Kanbalu Township, Myanmar, Tuesday, April 11, 2023. Witnesses and independent media reports said dozens of villagers in central Myanmar have been killed in an air attack carried out Tuesday by the Southeast Asian country’s military government. (Kyunhla Activists Group via AP)

सन् २०२१को फेब्रवरीमा म्यानमारको सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी सैनिक कू गरेपछि म्यानमारमा निरन्तर जनताको सरकार स्थापनका लागि आन्दोलन भइरहेको छ ।

सागाइन प्रान्तमा स्थानीयले आफ्नै लडाकू जत्था निर्माण गरेर सैनिक शासनको विरोध गरेपछि सेनाको आक्रमणको निशाना यो क्षेत्र परेको हुनसक्ने संचारमाध्यमहरुले जनाएका छन् ।

सेनाले गरेको हवाइ आक्रमणको त्यहाँका स्थानीयले सामाजिक सञ्जालबाट भिडियो अपलोड गरेपछि देशभर स्थिति असमान्य बन्दै गएको समाचारमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत