बिहिबार, फाल्गुन १, २०८१

बैतडीमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जना मृत्यु, ५जना हाम फालेर बाँचे


कान्तिपथ


बैतडी।बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।

जिपमा सवार ५जना यात्रुहरू हाम फालेर बाच्न सफल भएका छन् । बैतडीको झुलाघाटबाट बझाङको बाग्थला जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप पाटन नगरपालिका ८ झौलेकमा राती ११ बजे दुर्घटना भएको हो ।

जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने झौलेक मोड स्थित उकालोमा ब्रेक फेल भएर जिप दुर्घटना भएको अनुमान रहेको छ । जीप चालक सम्पर्कबिहिन् छन् । बैतडी प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाही राती नै घटनास्थल पुग्नु भएको थियो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलबाट शव ल्याउने कार्य बिहान मात्रै गरिने प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत