नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका थप एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ घर भएका सन्देश शर्मा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए। यसअघि यही प्रकरणमा चार जना पक्राउ परे पनि शर्मा भने फरार थिए।
शर्मा एमाले निकट विद्यार्थीका नेतासमेत हुन्। एक वर्षअघि उनी पक्राउ परेलगत्तै छुटेका थिए। चार जनाको समूह पक्राउ परेपछि भने शर्मा फरार भएका थिए।
शर्माकै योजनामा दाङका मात्रै ८१ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन लागेको खुलेको छ। उजुरी दिएकामध्ये ८१ जना दाङका रहेको पाइएको छ।
यो गिरोहबाट पीडित भएको भन्दै उजुरी दिनेको संख्या अहिले १४५ पुगिसेको छ। उनीहरूबाट १० लाखदेखि ४० लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ। यसअघि प्रहरीले सानु भण्डारी, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ र सागर राईलाई पक्राउ गरिसकेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बुधबार पक्राउ परेका शर्माविरुद्ध अनुसन्धान अगाडि बढेको बताए । पक्राउअघि शर्मा भारतका विभिन्न स्थानमा लुकेर बसेका थिए । पछिल्लो समय शर्मा हरियाणा राज्यमा रहेको प्रहरीको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ