राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको छ। यससँगै ढाकाले सांसद पद पनि गुमाएका छन्।
उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ।
बैठकपछि बोल्दै रास्वपा सभापति रवि लामिछानेले ढाकाले दुर्गा प्रसाइँसँग रकमका लागि मोलमोलाइ गरेको पुष्टी भएको बताए।
झापाका व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन वसुन्धरास्थित केन्द्रीय कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसेको थियो।
डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचरण समितिले ढाकाको लिखित स्पष्टीकरण र मौखिक बयान पनि समावेश गरेर उनलाई कारबाही चलाउनुपर्ने सिफारिस सभापति लामिछानेसमक्ष गरेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ