शनिबार, अशोज १९, २०८१

नेपालको रेल सेवा दैनिक चारपटक आवत-जावत गर्न शुरु


कान्तिपथ


धनुषा।नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वेले अबदेखि दिनको चार पटक आवत जावत गर्ने व्यवस्था लागू गरेको छ ।

यसअघि एकपटक जाने र एक पटक आउने व्यवस्था रहेकोमा नयाँ वर्ष २०८० को प्रारम्भसंगै अब दुइपटक जाने र दुइ पटक आउने व्यवस्था गरिएको हो ।

नेपाल रेल्वेका महाप्रवन्धक निरञ्जन झाले अब नेपालको कुर्थाबाट रेल विहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने र भारतको जयनगरवाट जनकपुरधाम वा कुर्थाका लागि विहान ९ बजेर ३० मिनेट र वेलुकी पाँच बजे प्रस्थान गर्ने व्यवस्था लागू गरिएको जानकारी दिनुभयो ।

उहाँले विजलपुरासम्म रेल सेवा विस्तारका लागि दुई चरणको निरिक्षण सम्पन्न भइसकेको र वाँकी कामहरु छिट्टै पुरा गरेर हस्तान्तरण गर्न भारतिय कम्पनी इरकनलाई आग्रह गरिएको जानकारी पनि दिनुभयो । नेपाल रेल्वेले एउटा यात्रुवाहक र एउटा कार्गो गरी थप दुईवटा रेल सरकारसंग माग गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत