चितवन- नेपाली नयाँ बर्ष २०८० सगैँ चितवनको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुईचो लागेको छ । जसका यहाँ मुख्य पर्यटकीय क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको हो ।
चितवन निकुञ्ज र यहाँका मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरुको भिडभाड छ । निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ ।
झण्डै दुई वर्षदेखी कोरोना भईरस संक्रमणका ठप्प बनेको सौराहामा नयाँ बर्षसगैँ पर्यटकहरुको ओईरो लागेकोमा व्यसायीहरुले राहत महसुस समेत गरेका छन् ।
नयाँ बर्षसगैँ यहाँ आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थितिले सौराहाका सबै होटल तथा रेष्टुरेन्ट भरिभराऊ हुँदा पर्यटन व्यसायी उत्साहित बनेका छन् । सङ्ख्यात्मक हिसाबले आन्तरिक पर्यटक धेरै छन् । पर्यटकीय गतिविधिमा समावेश भएर रात नबसी फर्किनेको सङ्ख्या ठूलो छ । सौराहा, पटिहानी, जगतपुर र मेघौलीका राम्रा पर्यटकीय होटल भरिएका छन् ।
सौराहामा भखैर मात्र आएका पर्यटन व्यवसायी जिवन सिल्लवालले सौराहामा नयाँ बर्षले पर्यटकहरु भरिंदा निदै हर्षित भएको र सरकारले पनि नयाँ कार्यक्रम ल्याउने आशावादी रहेको बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी निकुञ्जको सौराहाबाट ३२, कसराबाट १४, मेघौलीबाट ९ र माडीबाट एउटा जीपले दैनिक पर्यटक निकुञ्ज घुमाएका छन् । उहाँका अनुसार दैनिक रु १० देखि १५ लाख राजस्व सङ्कलन भइरहेको छ ।
सौराहामा हात्ती सञ्चालन गर्दै आएको युनाइट हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले देशैभरबाट आन्तरिक पर्यटक आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त कुरा गर्ने फुर्सद पनि छैन ।” सहकारीका ३२ वटा हात्तीले दैनिक चार पटक मध्यवर्ती सामुदायिक वन घुमाउँदा पनि धेरैलाई हात्ती चढाउन नसकिएको उहाँले बताउनुभयो । रेष्टुरेण्ट व्यवसायी दीपेन्द्र खतिवडाले चहलपहल निकै बढेको बताउनुभयो ।
बजार क्षेत्रमा रहेका होटलमा कोठा नपाएको गुनासो गरेको रेष्टुरेण्ट एण्ड वार एशोसिएशन सौराहाका पूर्व अध्यक्षसमेत रहनुभएका खतिवडाले जानकारी दिनुभयो । सौराहामा ८० हाराहारी रेष्टुरेण्ट छन् । उहाँले भन्नुभयो, “कोभिडपछिको धेरै पर्यटक अहिले सौराहा आएका हुन् ।”
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गंगा गिरीले तिहारमा पर्यटकको राम्रो उपस्थिति रहेको बताउनुभयो । होटलका कोठाको तुलनामा अन्य पर्यटकीय गतिविधिमा पर्यटकको चाप बढिरहेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “होटलमा बस्ने भन्दा घुम्ने र फर्किने धेरै छन् ।” जसले गर्दा हात्ती, जीप, डुङ्गा, सांस्कृतिक घरका गतिविधिमा धेरैले पालो पाउन नसकेको उहाँले बताउनुभयो ।
पटिहानीमा रहेको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेल पर्यटक निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याका बढेको बताउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालु, घडियाल गोही, चरा लगायतका लागि प्रख्यात छ ।
विश्वका धेरै मुलुक र नेपाली पर्यटकको रोजाइमा यो निकुञ्ज पर्दछ । हात्तीमा मध्यवर्ती सामुदायिक वन घुम्न र जीप, पैदल डुङ्गा निकुञ्जमा सयर गर्न पर्यटक रुचाउँछन् । यससँगै थारु संस्कृति पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ