शनिबार, फाल्गुन १२, २०८०

फेरी राष्ट्रपति लड्ने तयारीमा जो बाइडेन


कान्तिपथ


अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईंहरूलाई पुनः चुनाव लड्ने मेरो योजना रहेको जानकारी गराउँछु।’

‘मैले त्यो ‘क्यालकुलस’ बनाइसकेको छु। हामी अपेक्षाकृत चाँडै यसको घोषणा गर्नेछौं,’ बाइडेनले आयरल्याण्डको भ्रमणको अन्त्यमा भने।

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी नदिने बताएका छन्। पूर्व सैनिक तथा सीआईएका पूर्व निर्देशक पोम्पेओले भविष्यमा राष्ट्रपति पदका लागि सम्भावित दावेदारी हुनेबारे भने सङ्केत गरेका छन्।

पोम्पेओले ट्वीटरमा लेखेका छन्,’मेरी पत्नी सुसन र मैले धेरै सोचविचार र प्रार्थनापछि सन् २०२४ को चुनावमा अमेरिकाको राष्ट्रपति पदका लागि आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत नगर्ने निष्कर्षमा पुगेका छौँ।’

रिपब्लिकन नेताले व्यक्तिगत कारण देखाउँदै भने, ‘यो समय मेरो र मेरो परिवारका लागि सही छैन।’

‘तपाईंहरूमध्ये धेरैलाई यो घोषणा अनौठो लाग्नसक्छ। म अहिले ५९ वर्षको मात्र भएँ। अझै धेरै अवसरहरू बाँकी छन्, जसका लागि समय अझ उपयुक्त हुन सक्छ भविष्यमा। अमेरिकालाई मेरो नेतृत्व अझ बढी आवश्यक हुनसक्छ।’ –रासस/सिन्ह्वा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत