शुक्रबार, अशोज ४, २०८१
  • गृहपृष्‍ठ
  • यातायात
  • काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोलीद्वारा फिल्ड सर्भेको काम सुरु

काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोलीद्वारा फिल्ड सर्भेको काम सुरु


कान्तिपथ


रसुवा- काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोलीले फिल्ड सर्भेको काम सुरु गरेको छ । चीनबाट आएको टोलीले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरेपछि फिल्ड सर्भेको काम सुरु गरेको हो ।

अहिले चीनियाँ प्राविधिक टोलीले रसुवागढी स्याफ्रुबेसी हुँदै धुन्चे र काडमाडौं त्रिशुली बेत्रावती हुँदै धुन्चे गरी दुईतिरबाट सर्भे गरिरहेको छ । चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक टोली सर्भेका लागि आएका हुन् ।

सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । चीन र नेपालको संयुक्त टोलीले फिल्ड सर्भे गरेपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छलफल गरिने रेल विभागले जनाएको छ । प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत