बिहिबार, फाल्गुन १, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • ओली निवास बालकोट पुग्नुभयो प्रधानमन्त्री प्रचण्ड, देउवा र सभामुख घिमिरे

ओली निवास बालकोट पुग्नुभयो प्रधानमन्त्री प्रचण्ड, देउवा र सभामुख घिमिरे


कान्तिपथ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ,सभामुख देवराज घिमिरे र कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नु भएको छ ।ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल घिमिरे ,र देउवा बालकोट पुग्नु भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुने भएको हो।

यसअघि चैत २५ र २८ गते पनि उहाँहरूबीच छलफल भएको थियो। सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच भएको छलफल विशेषतःसङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने विषयमा केन्द्रित थियो। संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ।

अहिले संसदमा एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको छ। संवादहीनताको अवस्थामा रहेका सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच नेतासँग सभामुख घिमिरेले समन्वयकारी भूमिका खेल्दै आउनुभएको छ।

छलफलका लागि तीन प्रमुख दलका सचेतकहरु पनि बालकोटमा सहभागी हुनुभएकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत